अमेरिकी र्‍यापर टेकअफको गोली हानी हत्या


१६ कार्तिक २०७९, बुधबार
Migos rapper H4I4RMJLBy

काठमाडौं । चर्चित अमेरिकी र्‍यापर टेकअफको गोली हानी हत्या गरिएको छ। मंगलबार उनको ह्युस्टनमा हत्या गरिएको हो । हिपहप समूह मिगोसका सदस्य समेत रहेका टेकअफ २८ वर्षका थिए ।

मिगोस ग्रुप अमेरिकाको पछिल्लो पुस्तामाझ चर्चित सांगीतिक ब्याण्ड हो । उनको हत्याको शोकमा विश्वभरका कलाकारले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि श्रद्धाञ्जली लेखिरहेका छन् । उनको मंगलबार बिहान हत्या भएको स्थानीय प्रहरीले जनाएको छ ।

उनको वास्तविक नाम किर्सिनिक खरी बल हो। बाटो हिँड्ने व्यक्तिले टेकअफलाई बाटोमा ढलिरहेको अवस्थामा फेला पारेका थिए । गोली लागि घाइते भएका टेकअफलाई ह्युस्टन प्रहरीका प्रमुख ट्रोइ फिनरसहितका व्यक्तिले नजिकैको अस्पताल लगेका थिए । अस्पतालले उनको आधिकारिक मृत्युको घोषणा गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७