गुल्मीको परिचय बदल्ने मार्गचित्र बोकेर मैदानमा प्रदीप

प्रदीप ज्ञवालीले नेपाली राजनीतिमा अलग, अग्लो र उज्यालो पहिचान बनाएका छन् । बौद्धिक, विनम्र र विवादमुक्त नेता प्रदीपले गुल्मीको विकासमा पनि नयाँ पदचाप बनाएका छन् । गरेका कामको फेहरिस्त र गर्ने कामको मार्गचित्र बोकर उनी मैदानमा छन् ।


२२ कार्तिक २०७९, मंगलवार
3136 Shares
Pradeep Kumar Gyawali 2 scaled

२०६३ मा तत्कालीन पर्यटनमन्त्री प्रदीपकुमार ज्ञवालीले तम्घास नगरपालिकाको सिमीचौरमा रेसुंगा विमानस्थल शिलान्यास गरे । पश्चिमको पहाडी जिल्ला गुल्मीमा हवाईसेवाको आवश्यकता देखेर ज्ञवालीले यो पहलकदमी लिएका थिए । गुल्मीको धार्मिक तथा पर्यटकीय स्थल रेसुंगामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन र जिल्लाबासीलाई हवाई सेवाको सुविस्ता दिने उद्देश्यले उक्त विमानस्थल शिलान्यास गरिएको हो ।

जग्गा अधिग्रहण, बजेट अभावलगायत कारण विमानस्थल निर्माणले गति लिएन । २०७० को निर्वाचनमा प्रदीप पराजित भए । प्रदीपको विमानस्थल सपना बेवारिसे भयो । त्यो बेला नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले कागजको विमान बनाएर ‘प्रदीप ज्ञवालीको विमानस्थल’ भन्दै उडाए । रेसुंगामा विमानस्थल बनाइछाड्ने प्रतिज्ञा थियो, प्रदीपको । तर, उनको सपनालाई कांग्रेसले कागजको विमानमा उडाइदियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

आफ्नो प्रतिबद्धता र प्रतिज्ञालाई हावामा कागजको विमान बनाएर उडाइदिँदा कम्ती पीडा भएन प्रदीपलाई । थाकेनन् उनी। २०७४ को निर्वाचनमा प्रदीपले फेरि चुनाव जिते । एमाले अध्यक्षको नेतृत्वमा सरकार बन्यो । आफ्नै पार्टीका अध्यक्ष प्रधानमन्त्री । आफ्नो अधुरा काम पूरा गर्न सजिलो भयो उनलाई । अन्ततः रेसुंगा विमानस्थल बन्यो ।

ncll 2

२५ जेठ २०७५ मा परीक्षण उडान भयो । विश्वव्यापी कोरोना महामारीको असरबीच २०७९ वैशाखमा विमानस्थल बन्यो । अहिले विमानस्थल नियमित उडानका लागि तयार छ । कागजको विमान बनाएर प्रदीपको प्रतिबद्धतालाई खिसिट्युरी गर्नेहरू अझै थाकेका छैनन् । उनीहरू भनिरहेका छन्, ‘खोइ त, प्लेन ?’ यसको उत्तर उसैगरी कामले दिने गरी मनको एउटा कुनामा राखेका छन्, उनी ।

jagdamba.cement

नेकपा (एमाले)का विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै उपमहासचिवको जिम्मेवारीमा पुगेका प्रदीप २०३४ देखि निरन्तर राजनीतिमा छन् । भूमिगत कालमा संगठन गर्दा कालीगण्डकीको किनारमा धेरै पटक ओहोदोहोर गरे, प्रदीपले । उतिबेला कालीगण्डकीको तीरमा राज्यको भन्दा पनि भूगोलको त्रास बढी थियो । माथि ठूलो भीर, तल उर्लिरहेको कालीगण्डकी । त्यही बीचबाट रुखका लहरा समाउँदै हिँड्नुपथ्र्यो । एक हिसाबले जिन्दगीलाई दाउमा राखेर हिँड्नुपर्ने कष्टकर सडक थियो । कालीगण्डकी क्षेत्रका जनता यो बाध्यतामा अभिसप्त थिए । भूमिगत कालमै प्रदीपलाई लागेको थियो, ‘यो कालीगण्डकीको तीरमा राम्रो बाटो भए कति आनन्द हुन्थ्यो ?’ उनको त्यो सपना थियो ।

अहिले विमानस्थल नियमित उडानका लागि तयार छ । कागजको विमान बनाएर प्रदीपको प्रतिबद्धतालाई खिसिट्युरी गर्नेहरू अझै थाकेका छैनन् । उनीहरू भनिरहेका छन्, ‘खोइ त, प्लेन ?’ यसको उत्तर उसैगरी कामले दिने गरी मनको एउटा कुनामा राखेका छन्, उनी ।

त्यो सपना २०५७ मा उनले विपनामा रुपान्तरण गरे । आफैंले २०५७ मा कालीगण्डकी करिडोर शिलान्यास गरे । भन्छन्, ‘पछिल्लो समय मात्रै कालीगण्डकी करिडोरका लागि ५ अर्बको बजेट विनियोजन गरियो।’ अहिले कालीगण्डकी करिडोरमा दोहोरो गाडी चल्छन् । कालीगण्डकी तीरमा दोहोरो गाडी चलेको देख्दा उनी रोमाञ्चित बन्छन् । भन्छन्, ‘आफ्नो संकल्प पूरा हुँदाको आनन्द शब्दमा अभिव्यक्त गर्न सकिँदैन ।’ कालीगण्डकी करिडोर निर्माणपछि कालीगण्डकी गाउँपालिका, सत्यवती गाउँपालिका हजारौं नागरिकको जिन्दगीमा आमूल परिर्वतन आएको छ ।

Pradeep Gyawali


शृंखलाबद्ध विकास
कुनै समय ठूलो पानी पर्दा रातभर निदाउँदैनथे रिडी बजारबासी । रिडी र कालीगण्डकी नदी उर्लिने चिन्ताले मनमा चिसो पस्थ्यो । रिडीबासीले धेरै अनिँदो रात कटाए । तर, अहिले ढुक्कले निदाउँछन् रिडीबासी । रिडी र कालीगण्डकी प्रभावित स्थानमा २ हजार ८२० मिटर लामो र सात मिटर अग्लो आरसिसी तटबन्ध निर्माण भएपछि ढुक्कले निदाउन सक्ने भएका हुन् । गुल्मीका पत्रकार टोपलाल अर्याल लेख्छन्, ‘कुनै समय ठूलो पानी पर्दा रातभर जागै बस्ने रिडी बजारबासी अहिले ढुक्कले निदाउँछन् ।’

यो निद्रा ल्याइदिने काम उनै प्रदीपले गरेका हुन् । उनकै पहलकदमीमा संघ र प्रदेशको समपूरक योजनाअन्तर्गत धार्मिक पर्यटनको विकासका लागि रिडीमा तटबन्ध निर्माणको काम थालिएको हो । यसमा पार्क, जलाशय निर्माण र सौन्दर्यकरणका थुप्रै योजना समावेश गरिएको प्रदीपको भनाइ छ । भन्छन्, ‘रुरु आफैंमा धार्मिक क्षेत्र हो । त्योसँगै पछिल्लो समय निर्माण भएको तीनमुखे पुल, ऋषिकेश मन्दिर, तटबन्ध र पार्कसँगै जलाशयले पर्यटकीय रुपमा पनि रुरु क्षेत्र थप आकर्षित हुनेछ ।’

प्रदीपले गएको ५ वर्षमा १८ अर्ब बजेट गुल्मी पठाए । सडक, पुल, शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ, खानेपानी, खेलकुदलगायतका दर्जनौं आयोजनाका लागि बजेट पठाए । यीमध्ये धेरैजसो सम्पन्न भएका छन् भने बाँकीको काम धमाधम चलिरहेको छ । प्रदीप यही तागतमा गुल्मी क्षेत्र–१ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेवार छन् । सुरु भएका पुराना कामलाई पूर्णता दिन र नयाँ थप योजना सुरु गर्न आफ्नो उम्मेदवारी भएको उनको भनाइ छ ।

राजनीतिमा नेताहरू थुप्रै छन् । तर, नेपालको राजनीतिमा उनको बेग्लै पहिचान र परिचय छ । अलग, अग्लो र उज्यालो परिचय छ, प्रदीपको । बौद्धिक, विनम्र र विवादमुक्त नेता हुन् ।

निर्वाचनमा जाँदै गर्दा प्रदीपसँग केवल घोषणापत्र मात्रै हातमा छैन । गरेका कामको लामो सूची अर्थात् श्वेतपत्र पनि छ । उनको निर्वाचन क्षेत्रमा यस्ता धेरै काकाकुल डाँडा थिए । ५ वर्षअघिसम्म खानेपानी माग्दा जनताले आफ्नो दुःख बाँड्न भन्थे, ‘साउनमा आउनुहोला, अकासबाट पानी आएपछि खानुहोला ।’ तर, ती डाँडामा अहिले धीत मरुन्जेल पानी खान पाइन्छ । उनी भन्छन्, ‘हामीले लिफ्टिङमार्फत खानेपानी योजना सञ्चालन गरेर जनताको घाँटी भिजाएका छौं ।’

त्यसो त, निर्वाचनमा जाँदै गर्दा गर्ने कामको लामो सूची पनि छ, प्रदीपसँग । ५० वटा वडादेखि पालिका केन्द्रसम्म जाने पिच सडक, बन्दै गरेको अत्याधुनिक ५० बेडको जिल्ला अस्पतालको पूर्णता । रिडी–तम्घास सडक, कालीगण्डकी करिडोरको पूर्णता, मदन भण्डारी राजमार्गको पूर्णता, प्रत्येक पालिकामा अस्पताललगायतका योजना उनीसँग छन् । भन्छन्, ‘पुराना कामलाई पूर्णता दिनेछौं, नयाँ परिवर्तनकारी योजना सुरु गर्नेछौं ।’


अलग र अग्लो पहिचान

pradeep kumar gyawali


राजनीतिमा नेताहरू थुप्रै छन् । तर, नेपालको राजनीतिमा उनको बेग्लै पहिचान र परिचय छ । अलग, अग्लो र उज्यालो परिचय छ, प्रदीपको । बौद्धिक, विनम्र र विवादमुक्त नेता हुन् । राजनीतिसँगै लेखनमा पनि उत्तिकै क्रियाशील छन् । साहित्यमा शीतबिन्दु उनको परिचय हो । २०३३ बाट साहित्य सिर्जनामा लागेका ज्ञवालीका एक दर्जन कृति प्रकाशित छन् ।

प्रदीपसँग गरेका कामको लामो सूची र गर्ने कामको सूची । सँगै प्रदीपसँग कामको सूचीको शक्ति हुँदै गर्दा चन्द्रलाई गठबन्धनको शक्ति छ । चुनावमा गुल्मेली जनताले गठबन्धन आदेशलाई पछ्याउने छन् या प्रदीपको विकासको पदचापलाई ? त्यो हेर्न ४ मंसिरलाई नै पर्खिनुपर्नेछ ।

ज्ञवाली २०५६ देखि गुल्मीमा चुनाव लडिरहेका छन् । उनी २०५६, २०६४ र २०७४ मा निर्वाचित भए । यसबीचमा उनी दुई पटक मन्त्री भए । सत्ता निकट भएर काम गरे । सत्ताको अवसरमा पटक–पटक पुगे पनि उनी विवादमुक्त रहे । प्रश्नको कठघरामा उभिनुपर्ने गरी उनले कुनै पनि काम गरेनन् । निष्कलंक छविलाई कायम राख्न सफल भए ।

यसपालि उनको चुनावी मैदानको भिडन्त चिरपरिचित प्रतिद्वन्द्वी चन्द्र भण्डारीसँग हुँदै छ । भण्डारीसँगको यो चौथो भिडन्त हो । २०६४ यताका सबै चुनावमा प्रदीप र चन्द्र एकआपसमा चुनावी प्रतिद्वन्द्वी रहेका छन् । २०५६ को चुनावमा तत्कालीन गुल्मी क्षेत्र–२ बाट प्रदीपले कांग्रेस उम्मेदवार चन्द्र केसीलाई पराजित गरेका थिए । २०६४, २०७०, २०७४ र २०७९ मा चन्द्र भण्डारीसँग प्रतिस्पर्धा गरे । २०६४ र २०७४ मा जितेका प्रदीप २०७० मा पराजित भए ।

त्यसाे त चन्द्र पनि बौद्धिक र स्वच्छ छविका नेता मानिन्छन् । दुवै विवादमा नआएका नेता हुन् । प्रदीपलाई एउटा सुविधा छ, चन्द्रसँग अब गर्ने कामको सूची मात्रै छ, तर प्रदीपसँग गरेका कामको लामो सूची र गर्ने कामको सूची । सँगै प्रदीपसँग कामको सूचीको शक्ति हुँदै गर्दा चन्द्रलाई गठबन्धनको शक्ति छ । चुनावमा गुल्मेली जनताले गठबन्धन आदेशलाई पछ्याउने छन् या प्रदीपको विकासको पदचापलाई ? त्यो हेर्न ४ मंसिरलाई नै पर्खिनुपर्नेछ ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७