सत्ता गठबन्धनका दलहरुसँग देश र पार्टी चलाउने एजेण्डा नै छैन : ओली


२३ कार्तिक २०७९, बुधबार
RP Gauradaha 1

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनमा आबद्ध दलहरूसँग देश र पार्टी चलाउने कुनै एजेण्डा नभएको बताएका छन् ।

आज (बुधबार) झापामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले जनताको अधिकार, देशको स्वाधीनता, विकासलगायत एजेण्डा एमालेको रहेको जिकिर गरे । ओलीले आसन्न निर्वाचनमा एमाले विजयी नभए देश बर्बादीमा जाने बताए । देश बनाउने अभियानमा एमालेमा आउन उनले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत दलका नेता–कार्यकर्तालाई आग्रह समेत गरे ।

नेकपा (एकीकृत समाजवादी) भन्ने पार्टी नै नरहेको उनको भनाइ छ । एमाले सिद्धाउने खेल भएको भन्दै उनले आउँदो मंसिर ४ गतेपछि त्यो खेलको अन्त्य हुने तर्क गरे । निर्वाचनमा गठबन्धनले जस्तोसुकै दुष्कर्ष गर्न सक्ने भन्दै उनले हिम्मतिलो भएर मतको रक्षा गर्न कार्यकर्तालाई निर्देशन दिए ।

उनले निर्वाचनमा उठेका स्वतन्त्र उमेदवारहरूले केही गर्न नसक्ने जिकिर पनि गरे । निर्वाचनपछि बन्ने एमाले सरकारले ज्येष्ठ नागरिक भत्ता समयानुकूल बढाउँदै लैजाने उनले बताए । अध्यक्ष ओलीले डोटीमा गएको भूकम्पपीडितको उद्धार, राहत तथा पुनर्निर्माणको कामलाई अघि बढाउन सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७