गोर्खाज फाइनान्स २८ वर्ष पूरा


२५ कार्तिक २०७९, शुक्रबार
Gurkha

काठमाडौं : गोर्खाज फाइनान्स लिमिटेडले आफ्नो सेवा शुभारम्भको २८ वर्ष पूरा गरी २९ वर्षमा लागेको छ । वित्तीय संस्थाले वार्षिक उत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रम गर्नुका साथै शाखाहरुमा समेत भव्य रुपमा आफ्नो वार्षिक उत्सव मनाएको छ ।

हाल वित्तीय संस्थाको शाखा सञ्जाल सातै प्रदेशमा रहेको छ । वित्तीय संस्थाले आधुनिक बैकिङ्ग सेवा उपलब्ध गराउँदै ग्राहकहरुलाई सर्वसुलभ सेवा उपलब्ध गराउँदै आएकोे छ ।

वित्तीय संस्थाले आगामी दिनमा निक्षेप संकलन तथा कर्जा लगानीमा नविनम योजनाहरुसहित देशका दुर दराजमा रहेका नागरिकहरुलाई समेत बैकिङ्ग सेवा उपलब्ध गराउने संकलप्त सहित अघि बढिरहेको जानकारी वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कुमार घिमिरेले दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७