रसुवामा ५० प्रतिशत मत खस्यो


४ मंसिर २०७९, आईतवार
matanad buth1668928616

रसुवा । रसुवामा ५० प्रतिशत मत खसेको छ । २ बजेसम्मको अपडेट अनुसार कूल मतदाताको ५० प्रतिशत मत खसेको जिल्ला प्रशासन कार्यालय रसुवाले जानकारी दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी दयाराम पौडेलका अनुसार विहानदेखि नै शान्तिपूर्ण मतदान भएको छ ।

उनले भने, ‘रसुवाको अहिलेसम्मको स्थिति हेर्दा धेरै जसो स्थानमा ५ बजे सम्म मतदान सम्पन्न हुने अपेक्षा छ । मतदाता धेरै भएको स्थानमा भने ६ बजेजम्म पनि लाग्न सक्ने अनुमान गरिएको छ ।’

राजनीतिक दर र मतदाताहरु शान्तिपूर्ण रुपमा मतदान स्थलमा उपस्थित भएका छन् । बिहानदेखि नै उत्साहपूर्ण उपस्थिति रहेका कारण सुरक्षा व्यवस्था मिलाउन समेत सहज भएको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७