रामकृष्ण ढकालको ‘भो आँशु नझार’ मा नारायण र गंगा (भिडियो)


४ मंसिर २०७९, आईतवार
ram8krishna

काठमाडौं । गायक रामकृष्ण ढकालको स्वर रहेको ‘भो आँशु नझार’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार नारायण कंडेलका शब्द सिर्जना, रमेश कायस्थको संगीत, आशिष अविरलको एरेन्ज, विकाद्दश दाहालको सम्पादन, बुद्ध एण्ड टिमको छायांकन रहेको भिडियोको निर्देशन प्रकाश धितालले गरेका हुन् ।

ramkrishna 1

भिडियोमा गीतकार नारायण र उनकी पत्नी गंगा घिमिरे कँडेलको अभिनय देख्न सकिन्छ । भिडियोले प्रेम वियोगको कथालाई कलात्मक शैलीमा बोलेको छ । दुःख पर्दा साथ छाड्नेहरुको पछिल्लो वास्तविकतालाई भिडियोमा जीवन्त शैलीमा देखाइएको छ । गीतकार नारायण कंडेलका ‘भेट भयो सोल्टिनीसँग’, ’चाइनेजो’, लगायतका गीतहरू चर्चित छन् ।

भिडियो लिंक

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७