झापा ५ मा एमाले अध्यक्ष ओली दोब्बर मतले अगाडि


५ मंसिर २०७९, सोमबार
KP Sharma Oli
फाइल फोटो

झापा । झापा क्षेत्र नम्बर–५ बाट उम्मेदवार बनेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रारम्भिक गणनामै फराकिलो अग्रता लिएका छन् ।

अहिलेसम्म गणना भएको ६,२१५ मतमध्ये ओलीले ३,२१२ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका खगेन्द्र पाण्डव अधिकारीले १,५२३ मत प्राप्त गरेका छन् । अहिले गौरीगन्ज गाउँपालिकाबाट गणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

ओली उम्मेदवार रहेको झापा क्षेत्र नम्बर ५ मा सोमबार मध्यान्ह १२ बजेदेखि मत गन्न थालिएको थियो । ६ हजार वटा मतपत्र गनेर सकिएपछि नतिजा सार्वजनिक गरिएको निर्वाचन अधिकृत डम्बर काफ्लेले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७