गोरखामा गठबन्धन भारी मतले अगाडि, प्रचण्डको कति मत ?


६ मंसिर २०७९, मंगलवार
prachanda 4

गोरखा । गोरखा क्षेत्र नम्बर १ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाईं र २ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फराकिलो अग्रता बनाउँदै लगेका छन् ।

गोरखा क्षेत्र नम्बर २ मा माओवादी अध्यक्ष प्रचण्डले सात हजार २७९ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले २ हजार १० मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका एमालेका अब्दुस मियाँले एक हजार ६९८ मत प्राप्त गरेका छन् ।

यता, क्षेत्र नम्बर १ मा चार हजार ६२४ मतगणना सकिँदा बजगाईले तीन हजार १६२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रामशरण बस्नेतले ९३६ मत प्राप्त गरेका छन् । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सुवर्ण रोकाले १३७ मत पाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७