पहिलो हाफमा फ्रान्सले लियो अष्ट्रेलियाविरुद्ध २-१ को अग्रता


७ मंसिर २०७९, बुधबार
france vs australia 5hp2dnMBGy

काठमाडौँ । फिफा विश्वकप अन्तर्गत अष्ट्रेलियाविरुद्धको खेलको पहिलो हाफमा फ्रान्सले अग्रता लिएको छ।

खेलको नवौँ मिनेटमा १–० ले पछि परेको फ्रान्सले २७ र ३२ औँ मिनेटमा गोल गर्दै अष्ट्रेलियाविरुद्ध अग्रता पलएको हो। फ्रान्सका लागि एड्रिन रोबिट रअ‍ोलिभर जिरोटले एक एक गोल गरे। अल वार्कनस्थित अल जनौव स्टेडियममा खेलको नवौँ मिनेटमा गुडविनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। गुडविनले म्याथु लेकीको पासमा बललाई उत्कृष्ट फिनिसिङ दिएका हुन्।

France v Australia Group D FIFA World Cup Qatar 2022 1

खेलको २२ औँ मिनेटमा मिच डुकेको प्रहार पोष्टको थोरैमाथिबाट बाहिरिदा अष्ट्रेलियाका अग्रता दोब्बर पार्नबाट चुक्न पुग्यो। खेलको २७ औँ मिनेटमा एड्रिन रोबिटले गोल गर्दै फ्रान्सलाई खेलमा फर्काए। खेलको ३२ औँ मिनेटमा जिरुटले दोस्रो गोल गर्दै फ्रान्सलाई २–१ को अवस्थामा ल्याए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७