समानुपातिक : एमालेको मत दुई लाख नाघ्यो, अरु कुन दलको कति ?


७ मंसिर २०७९, बुधबार
Mat gadana Malekhu

काठमाडौँ । प्रतिनिधि सभाको समानुपातिकतर्फ एमालेले दुई लाख मत कटाएको छ । पछिल्लो विवरण अनुसार समानुपातिकतर्फ नेकपा एमालेले २ लाख ५ हजार ८ सय ४८ मत आएको छ ।

त्यस्तै कांग्रेसले १ लाख ८१ हजार ९ सय ८२ मत आएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले तेस्रो स्थान कायमै राखेको छ । स्वतन्त्र पार्टीले ९४ हजार ३ सय ७८ र माओवादी केन्द्रले ८६ हजार २०६ मत ल्याएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ४९ हजार ३१०, जनता समाजवादी पार्टीले १५ हजार १२२, जनमत पार्टीले १४ हजार ९९८, नेपाल मजदुर किसान पार्टीले ११ हजार ७०३, नेकपा (एकीकृत समाजवादी)ले १० हजार ८४९, नागरिक उन्मुक्ति पार्टीले ९ हजार ६७९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७