बिदा भए म्यादी प्रहरी {फोटो फिचर}


८ मंसिर २०७९, बिहीबार
Myadi Bidai

काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि खटिएका म्यादी प्रहरीलाई आज (बिहीबार) बिदाइ गरिएको छ । बिहीबार प्रदशर्नी मार्गस्थति प्रहरी कार्यालय मतहतबाट खटिएका म्यादी प्रहरीलाई बिदाइ गरिएको हो ।

गृह मन्त्रालयले तयार पारेको विशेष सुरक्षा योजनाअन्तर्गत निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी भर्ना गरिएको थियो । नेपाल प्रहरीले गत असोज ३० गते ७७ वटै जिल्लाबाट एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गरेको थियो ।

म्यादी प्रहरीलाई धन्यवाद तथा प्रमाणपत्रसहित आज बिदाइ गरिएको छ । निर्वाचन सुरक्षा योजनाअन्तर्गत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागलाई संयुक्त रूपमा परिचालन गरिएको थियो ।
हेर्नुस् तस्वीरहरु

Myadi 1 2
Myadi 2
Myadi 3
Myadi 4
Myadi 5
Myadi 6
Myadi 7
Myadi 8 1
Myadi 9
Myadi 10
Myadi 11

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७