तेह्रथुम प्रदेश–१ मा एमालेका किशोरचन्द्र दुलाल विजयी


९ मंसिर २०७९, शुक्रबार
Kishworchandra dulal

तेह्रथुम । तेह्रथुमको प्रदेशसभा १ मा नेकपा एमालेका उम्मेदवार किशोरचन्द्र दुलाल विजयी भएका छन् । ६५ वर्षीय दुलाल १० हजार ६३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार सन्तोष सुब्बालाई दुलालले २ सय ८ मतले पछि पारेका हुन् । सुब्बाले ९ हजार ८ सय ५५ मत प्राप्त गरे ।

पूर्व जिविस सभापति रहेका दुलाल हाल नेकपा एमाले १ नम्बर प्रदेश सचिवालय सदस्य हुन् । दुलाल ०३१ साल देखि २०५० सालसम्म शिक्षकका रुपमा सरकारी सेवामा कार्यरत थिए । ०७८ साल माघदेखि २०७९ साल साउनसम्म जिल्ला भूमि आयोग तेह्रथुमको अध्यक्ष रहेका दुलाल जिल्लामा भलाद्मी, सादगी र इमान्दर नेताका रुपमा चिनिन्छन् ।

जिविस सभापति हुँदा दुलालले जिल्लाका खोलानालामा झोलुगें पुल र ग्रामिण सडक निर्माणमा अग्रणी भूमिका खेलेका थिए । जितपछि समग्र जिल्लाको विकासका लागि योजनाबद्ध तरिकाले विकास गर्नेमा आफू लाग्ने प्रतिबद्धता दुलालले गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७