मधेश प्रदेशका गृहमन्त्री साह दोस्रो पटक प्रदेशसभामा निर्वाचित


९ मंसिर २०७९, शुक्रबार
Bharat prasad sha

महोत्तरी । मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । मन्त्री साह महोत्तरी निर्वाचन क्षेत्र नं. १ को ख क्षेत्रबाट प्रदेशसभा सदस्यमा हुन् ।

गए राति सम्पन्न मतगणनाको अन्तिम मतपरिमाण अनुसार सतारुढ गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिएका साह विजयी हासिल गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

साहले आफ्ना निकटम प्रतिद्वन्द्वी जनता सामाजवादी पार्टीका उम्मेदवार रामश्रेष्ठ महतोलाई २ हजार ५ सय मतअन्तरले पराजित गरेका हुन्। साहले ८ हजार ३०१ मत हासिल गरेका छन् भने उनका निकटम प्रतिद्धन्द्धी जसपाका उम्मेदवार महतो ५ हजार ८७१ मत हासिल गरेका छन् ।

त्यस्तै स्वतन्त्रका विनोदकुमार महतो ४ हजार ६१३ मत ल्याएर तेस्रो स्थान हासिल गरेका छन् । साह २०७४ सालको निर्वाचन यही निर्वाचन क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७