लोसपाका शरतसिंह भण्डारी महोत्तरी–२ बाट भारी मतले विजयी


९ मंसिर २०७९, शुक्रबार
sarat shingh bhandari

महोत्तरी । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता शरतसिंह भण्डारी महोत्तरी–२ बाट भारी मतले विजयी भएका छन् । भण्डारी प्रतिनिधिसभा सदस्यमा २५ हजार १९० मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी तराई मधेश लोकतान्त्रिक पार्टीका डा.विजयकुमार सिंहले ११ हजार १ सय २० मत ल्याएका छन् ।
सिंह र भण्डारीबीचको मतान्तर १४ हजार ७० छ । यो क्षेत्रमा एमालेका रामपरिक्षण यादवले १० हजार २ सय ५८ मत ल्याएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७