१० खेलाडीमा सीमित वेल्स इरानसँग २–० ले पराजित


९ मंसिर २०७९, शुक्रबार
waleslost 20221125175200

दोहा । १० खेलाडीमा सीमित भएको वेल्स इन्जुरी समयमा सम्हालिन नसक्दा एसियाली मुलुक इरानसँग २–० गोलको नतिजामा पराजित भएको छ । गोलकिपर वाइन हेन्नेसीले ८५ औं मिनेटमा रातो कार्ड पाएपछि १० जनामा सीमित भएको वेल्स पराजित हुनुपर्‍यो ।

wels vs iran 1uzkxKzRaR

इरानका लागि इन्जुरी समयको आठौं मिनेटमा रोज्बे चेस्मी र ११ औं मिनेटमा रमिन रेजाइनले एक–एक गोल गरे । समूह चरणको अन्तिम खेलमा वेल्सले इङ्ल्यान्ड र इरानले अमेरिकासँग खेल्ने छ ।

यसअघि १९५८ मा एकपटक मात्र विश्वकप खेलेको वेल्स सनसनी मच्चाउँदै क्वार्टर फाइनलमा पुगेको थियो । त्यसबेला समूह ‘तीन’ मा परेको वेल्सले तीन बराबरी र एक जीतसहित क्वार्टर फाइनलको यात्रा तय गरेको थियो । अन्तिम आठमा ब्राजिलसँग १–० को नतिजामा पराजित भएर विश्वकपबाट बाहिरिएको वेल्स झण्डै साढे ६ दशकपछि मात्रै छनोट भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७