हिमाल सागरले ल्याए ‘ए होर माया’


११ मंसिर २०७९, आईतवार

काठमाडौं । गायक हिमाल सागरले आफ्नो नयाँ गीत ‘ए होर माया’ दर्शक माझ ल्याएका छन् । करिब एक वर्षपछि उनी यो गीतका साथ श्रोतामाझ फर्किएका हुन् । गीतको भिडिओलाई भावना म्युजिक सेलुसन युट्युव च्यानलबाट रिलिज गरिएको छ ।

गीतको भिडियो उनले बिहीबार रिलिज गरेका हुन् । रिलिज भएको दोश्रो दिनमै दिनले तीन लाख भ्युज पाएको छ । यो गीत लोक पप शैलीको रहेको छ । पछिल्लो समय ‘लजालु मायालु’ गीतबाट निकै भाइरल भएकी अनु चौधरीले गीतमा हिमाल सागरलाई स्वरमा साथ दिएकी छिन् ।

गीतलाई मोडल विमल अधिकारीले लेखेका हुन् भने संगीत पनि विमलले नै सिर्जना गरेका हुन् । जसमा संगीत संयोजन कमल सौरागको छ । यो गीतको भिडियोमा विमल अधिकारीसँगै सनिशा भट्टराईले अभिनय गरेका छन् । गीतको भिडिओलाई राजेश घिमिरेले छायाँकन गरेका हुन् । जसमा विकाश ज्ञवालीको सम्पादन छ । भिडियोको निर्देशन र कोरियोग्राफी मौसम हिमालीले गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७