इलाम–१ मा खनाल दुई हजार मतले पछि


११ मंसिर २०७९, आईतवार
Jhalanath Khanal Mahesh Basnet

इलाम । इलाम निर्वाचन क्षेत्र नम्बर–१ को मतगणनामा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल मुख्य प्रतिस्पर्धीभन्दा २,१४२ मतले पछि परेका छन् । आज (आइतबार) बिहान १० बजेसम्मको मतगणनामा नेकपा (एमाले) का उम्मेदवार महेश बस्नेतले अग्रता लिइरहेका छन् ।

बस्नेतले २१ हजार ३१२ मत ल्याउँदा खनालको १९ हजार १७० मत आएका छन् । क्षेत्र १ प्रतिनिधिसभामा १ लाख ९ हजार ५ सय ३५ मतदाता रहेकामा ५९ हजार १३६ मत खसेको छ । ५० हजार २०१ मत गणना भइसकेको छ ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेको अग्रता कायमै छ। एमालेले १६ हजार २ सय २३ मत ल्याएको छ भने नेपाली कांग्रेसले १२ हजार ८ सय ४८ मत ल्याएको छ । तेस्रो स्थानमा रहेको नेकपा (एस) ले ६ हजार २०४ र चौथो स्थानमा रहेको नेपाल स्वतन्त्र पार्टीले ३ हजार ४२४ मत ल्याएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७