सुनसरी–१ मा जसपाका अशोक राईको अग्रता


११ मंसिर २०७९, आईतवार
Ashok Rai 1
फाइल फोटो

सुनसरी । सुनसरी–१ मा जनता समाजवादी पार्टी (जसपा) का अशोककुमार राईले अग्रता लिएका छन् । नेकपा एमालेको समर्थन रहेका राई राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङभन्दा ११८ मतले अगाडि छन् ।

पछिल्लो परिणाम अनुसार‚ राईले १४ हजार १०५ र तामाङले १३ हजार ९८७ मत प्राप्त गरेका छन् । यस्तै‚ सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार मुक्सामहाङ मेन्याङ्बोले १० हजार ९९० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७