पहिलो हाफमा कोस्टारिकाले जापानलाई बराबरीमा रोक्यो


११ मंसिर २०७९, आईतवार
japan vs costa OmCukJMvoA

काठमाडौं । फिफा विश्वकपअन्तर्गत जारी समूह ‘ई’ को खेलमा कोस्टा रिकाले पहिलो हाफमा जापानलाई गोलरहित बराबरीमा रोक्न सफल भएको छ ।

कतारको अहमेद बिन अली रंगशालामा जारी खेलको पहिलो हाफमा दुवै टिमले गोलका लागि गतिलो आक्रमण बुन्न सकेनन् । दुवै टिमको यो समूह चरणको दोस्रा खेल हो । यसअघि पहिलो खेलमा जापानले जर्मनीमाथि २–१ को जित निकाल्दा कोस्टा रिका भने स्पेनसँग ७–० ले पराजित भएको थियो ।

समूह ‘ई’ मा एक खेलबाट तीन अंक जोडेको जापान तालिकाको शीर्ष स्थानमा छ । आजको खेलमा जित निकाले जापानको अन्तिम १६ यात्रा लगभग पक्का बन्नेछ । यस्तै, अंकविहीन कोस्टा रिका भने समूहको पुछारमा छ । आजको हारले कोस्टा रिकाको प्रि–क्वार्टरफाइनल सम्भावना समाप्त हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७