मोटरसाइकल दुर्घटनामा एकको मृत्यु


१४ मंसिर २०७९, बुधबार
accident 2

मकवानपुर । मकवानपुरको वकैयामा मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक वकैया–५ श्रीपुर बस्ने २८ वर्षीय श्याम लामा रहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गए राति धरान–चतरा सडक खण्डअन्तर्गत हात्ती सुडेबाट श्रीपुरतर्फ आउँदै गरेको प्रदेश २–०३–०१८ प २५५७ नंको मोटरसाइकल आफै अनियन्त्रित भएर सडकको नालीमा खसेको थियो । दुर्घटनामा सख्त घाइते लामालाई उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पतालमा ल्याएको र उपचारका क्रममा आज उहाँको मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७