काठमाडौंका डान्स, दोहोरी रेष्टुरेन्ट र लाउन्ज एण्ड बार बिहान २ बजेसम्म खोल्न पाइने


१५ मंसिर २०७९, बिहीबार
dance bar2019 05 17

काठमाडौं । काठमाडौं उपत्यकाका डान्स, दोहोरी रेष्टुरेण्ट र लाउन्ज एण्ड बार बिहान २ बजेसम्म खोल्न पाइने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिको गत मंगलबार बसेको सुरक्षा समिति बैठकले यस्तो निर्णय गरेको हो । रात्रिकालिन व्यवसायलाई समयबद्ध रुपमा सञ्चालन गर्ने गरी यस्तो व्यवस्था मिलाएको जनाइएको छ ।

यस्तै, बैठकले लिकर सपहरू (बोतलबन्द बिक्री हुने) राति १० बजेसम्म, रेष्टुरेन्टहरू राति १२ बजेसम्म, क्लब र डिस्को बिहान चार बजेसम्मै खेल्न पाउने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७