बाजुरा, दोलखा र स्याङ्जा–२ मा गठबन्धनका उम्मेदवारको अग्रता कायमै


१७ मंसिर २०७९, शनिबार
mat gadana Bajura

काठमाडौं । बाजुरा, दोलखा र स्याङ्जा–२ मा भइरहेको मतगणनामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् । प्रतिनिधि सभातर्फ स्याङ्जाको क्षेत्र नम्बर–२ मा कांग्रेसका धनराज गुरुङले २२ हजार ४६० र एमालेकी पद्या अर्यालले २० हजार २६७ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७ हजार ३२ मत ल्याएका छन् ।

बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले ९ हजार ९५९ मत ल्याएका छन् भने नेकपा एमालेका कर्ण थापाको ७ हजार २१० मत छ ।

दोलखामा माओवादी केन्द्रका गंगाबहादुर कार्की ७ हजार ९९५ मतसहित अग्रस्थानमा छन् भने एमालेका बालकृष्ण शिवाकोटीले ७ हजार २९५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७