गौरबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद, एक जना पक्राउ


१८ मंसिर २०७९, आईतवार
rautahat pakrau

रौतहट । रौतहटको गौर नगरपालिकाबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद भएको छ । प्रहरले गौर ३ को फलक पोल्ट्री (कुखुरा) फार्ममा अवैध लागूऔषध गाँजा खाल्डो खनी लुकाएर राखेको सूचनाको आधारमा खोजतलास गर्दा बरामद गरेको जनाएको छ ।

चेकजाँच गर्दा १२ पोकामा १ सय ८० किलो गाँजा बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी उमाशङ्कर प्रसाद यादवले जानकारी दिए ।

प्रहरीले पोल्टी फार्म नजिकै राखेको बागमती प्रदेश ०१–००६–ख २८३० नं. को मिनी ट्रक र ट्रक चालक मकवानपुर आग्रा बस्ने २१ वर्षीय सुरेन्द्र स्याङतानलाई समेत पक्राउ गरे थप अनुसन्धान गरिरहेको डिएसपी यादवले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७