युनाईटेड इदी मर्दी एन्ड आरबि हाइड्रोपावरले १०.५२६ प्रतिशत लाभांश बाँड्ने


२० मंसिर २०७९, मंगलवार
Labhans 1

काठमाडौं । युनाईटेड इदी मर्दी एन्ड आरबि हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीहरूलाई १०.५२६ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको सञ्चालक समितिले यस्तो प्रस्ताव गरेको हो ।

मंसिर २८ गते बस्न लागेको वार्षिक साधारणसभामा यो प्रस्ताव लैजाने छ । पोखराको घारीपाटन–१७ को आभ्या क्लबमा कार्यक्रम आयोजना गरिएको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १०.५२६ प्रतिशत नगद लाभांश (करसहित) वितरणको प्रस्ताव गरिएको कम्पनीले जानकारी दिएको छ । मंसिर १५ गतेसम्म कारोबार भई सेयर नामसारी भएर कायम भएका सेयरधनीहरूले मात्रै साधारणसभामा भाग लिन पाउने उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७