महाकाली नदीको तटबन्धको विषयमा आज भारतलाई कूटनीतिक नोट पठाइँदै


२० मंसिर २०७९, मंगलवार
pararastra

काठमाडौं । दार्चुलाको महाकाली नदीमा भारतीय पक्षले तटबन्ध बनाइरहेको विषयमा आजद्ध (मंगलबार) परराष्ट्र मन्त्रालयले भारतलाई कूटनीतिक नोट पठाउने भएको छ ।

दार्चुलाको सदरमुकाम खलंगापारि भारतले तटबन्ध बनाउँदा नेपाललाई असर पर्ने भन्दै स्थानीयले विरोध गरेका थिए । नेपाली पक्षको विरोधपछि गत आइतबार महाकाली वारिपारि नेपाली र भारतीयबीच ढुंगा हानाहान भएको थियो । जसमा नेपाली चार बालकसहित दुबैतर्फ १४ जना घाइते भएका थिए । उक्त घटनाबारे गृह मन्त्रालयले रिपोर्ट परराष्ट्र मन्त्रालयलाई पठाइसकेको छ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार दुई पक्षको वार्तापछि तत्काल विवादित क्षेत्रमा तटबन्ध नबनाउने सहमति स्थानीय अधिकारीहरूबीच भएको छ । २०७० मा आएको ठूलो बाढीका कारण नेपाली पक्षतिर ठूलो क्षति भएको थियो । त्यतिबेला खलंगामा रहेका सरकारी कार्यालयसहित निजी भवनमा क्षति पुगेको थियो ।

त्यसपछि नेपालले महाकाली किनारमा ४ किलोमिटर लामो तटबन्ध बनाएको थियो । यो वर्ष बर्खामा नेपालतिरको ५ सय मिटरजति तटबन्ध भत्किएको थियो । भारतीय पक्षले अहिले आफ्नोतिर तटबन्ध बनाउनका लागि तटबन्धभन्दा ७ देखि १० मिटरयता नेपालतिर ग्याविन जाली लगाएको छ भने गाडी गुड्ने अस्थायी संरचना पनि बनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७