महत्तो र झा नै पराजित भएपछि निर्वाचन समीक्षा गर्दै लोसपा


२२ मंसिर २०७९, बिहीबार
losapa
फाइल फोटो

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा शुरु गरेको छ । लोसपाले धनुषा क्षेत्र नम्बर ३ मा भएको पराजयबारे पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको उपस्थितिमा समीक्षा शुरु गरेको हो ।

विसं २०७४ को निर्वाचनमा धनुषा–३ बाट नेता महतोले चुनाव जितेका थिए । यसपटको चुनावमा महतोले सो क्षेत्र सोही पार्टीका कार्यकारिणी सदस्य अनिलकुमार झालाई छाडेर सर्लाही–२ बाट चुनाव लडेका थिए तर धनुषा–३ मा झा र सर्लाही–२ मा महतो दुवैजना पराजित भए ।

नेता झालाई एमालेकी जुली महतोले पराजित गरेकी हुन् भने महतोलाई नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवले पराजित गरे । धनुषा–३ महतोको पुरानो चुनावी क्षेत्र भएको कारणले उनलाई पनि बैठकमा सहभागी गराई समीक्षा शुरु गरिएको लोसपाका नेता मनोज चौधरीले जानकारी दिए । सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका नेता झा कसरी पराजित भए भन्नेबारेमा समीक्षा भइरहेको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७