‘प्लस साइज मोडल नेपाल’ प्रतियोगिता हुँदै, आवेदन खुला


२८ मंसिर २०७९, बुधबार
Plus Size

काठमाडौं । मोटोपना भएका युवतीलाई लक्षित गर्दै सौन्दर्य प्रतियोगिता ‘प्लस साइज मोडल नेपाल’ हुने भएको छ । मोडल संघ नेपालले मोटी युवतीहरूलाई लक्षित गरेर आयोजना गर्दै आएको प्रतियोगिताको यो चौंथो संस्करण हो । वूमनियाको प्रस्तुतीमा आयोजक मोडल संघ नेपालले ‘प्लस साइज मोडल नेपाल २०२३’ को आवेदन खुल्ला गरेको छ ।

प्रतियोगितामा १६ देखि ४० वर्षसम्मका विवाहित तथा अविवाहित दुवै समूहका युवती-महिलाहरूले भाग लिन पाउने छन् । प्रतियोगितामा सहभागिताका लागि ५५ केजीभन्दा माथिको तौल भई स्पष्ट रूपमा मोटोपना देखिएको हुनुपर्ने प्रावधान रहेको आयोजकले जनाएको छ ।

मोडल संघ नेपालको आयोजनामा सञ्चालित प्रतियोगिता देशभर छरिएर रहेका प्लस साईज युवती-महिलाहरूलाई अन्तर्राष्ट्रियस्तरको तालिम प्रदान गरि देश तथा बिदेशमा मोडलिङ सम्बद्ध विभिन्न अवसर प्रदान गर्नमा अब्बल साबित भएको आयोजक संस्थाकी इभेन्ट म्यनेजर स्वस्ती दंगालले जानकारी दिइन् । यसै संस्थाले नेपालमै पहिलोपटक मोटोपना भएका युवाहरूका लागि ‘मिस्टर प्लस साइज नेपाल ’को आयोजना समेत गर्दै आएको छ ।

राष्ट्रिय नाचघर जमलमा पुस ९ गते शनिवार (डिसेम्वर २४) हुने अडिसनबाट छनौटमा परेका प्रतियोगीलाई अन्तिम स्पर्धाका लागि प्रशिक्षण दिइनेछ । मोटोपनाका कारण हिनताबोध भएका युवतीहरूलाई प्रोत्साहन गर्ने तथा उनीहरूको क्षमतालाई अभिवृद्धि गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको ‘प्लस साईज मोडल नेपाल २०२३’मा नेपालका फेसन कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफी रहेने छ ।

चौथो संस्करणसम्म आइपुग्दा प्रतियोगिताले प्लस साईज युवती÷महिलाहरूलाई उत्कृष्ट प्रशिक्षण प्रदान गरि दर्जनौ व्यवसायिक मोडल उत्पादन गर्न सफल प्रतियोगितासँग आफू जोडिन पाउँदा खुशी लागेको वूमनियाकी सञ्चालिका प्रियंका बोथ्राले जनाईन ।

साथै प्लस साइज (मोटोपन) भएर निराश भई बसेका, सौन्दर्य र क्षमता भएर पनि सधै पछि परेका अनि आफ्नो मोटोपनाले गर्दा आफूलाई एक्सपोज गर्न डराईरहेका महिलालाई उनीहरूको क्षमता अभिबृदी गर्दै समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले आयोजना गर्न लागिएको यस प्रतियोगितामा सहभागिता जनाउन बोथ्राले आह्वान गरेकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७