फेरिए जनप्रतिनिधि, फेरिएन काठमाडौं उपत्यका {फोटो फिचर}


२ पुष २०७९, शनिबार
kathmandu
गोगबु स्थित चक्रपथमा अलपत्र अवस्थामा राखिएको ढल, धुलाम्मे सडक र पार्किङ ।

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको नतिजा आइसकेको छ । अब नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्नेमा दलहरूबीच रस्साकस्सी छ । कुनै पनि एक दलको मात्र बहुमत नपुगेको अवस्थामा गठबन्धन गरेर सरकार बनाउने ध्याउन्नमा शीर्ष राजनीतिक नेताहरू छन् । आम जनताले ५ वर्षका लागि देशको विकास गर्न भनेर चुनेर पठाएका जनप्रतिनिधिहरू जिल्लावासीसँग भेटघाट गरेर बिस्तारै केन्द्रमा उपस्थित हुँदै छन् ।

kathmandu
गोगबु स्थित चक्रपथमा अलपत्र अवस्थामा राखिएको ढल, धुलाम्मे सडक र पार्किङ ।

सम्भवतः अबको महिना दिनभित्र देशले नयाँ सरकार पाउनेछ । आम जनता देश विकासमा राजनीतिक दलहरूले चासो नदिँदा असन्तुष्ट देखिएको प्रमाण गत निर्वाचनले पुष्टि गरिसकेको छ । किनभने ठूला मानिएका राजनीतिक दलहरूका अगाडि नयाँ शक्तिहरूको उदय भएको छ । जनताले विकास चाहेका छन् त्यो पनि तीव्र गतिमा । तर राजनीतिक दल र देशको नेतृत्व जनचाहनाअनुसार अब्बल साबित हुन सकिरहेको छैन ।

kathmandu 1
धुलाम्मे भैसेपाटी सडक ।

अबको नेतृत्वले देश विकास गर्नेमा आम सर्वसाधारण आशावादी छन्। तर निर्वाचनबाट जनप्रतिनिधि चुनिएर आइसक्दा समेत काठमाडौं उपत्यकाको अवस्था निर्वाचनअघिको भन्दा फरक देखिँदैन । जताततै अस्तव्यस्त देखिन्छ । भएका संरचना भत्काइएका छन् तर त्यसको व्यवस्थापन गरिएको छैन । विकास निर्माणका लागि पहलकदमी थाल्नु उचित त हो तर उचित व्यवस्थापनबिनाको विकास निर्माण दिगो हुन सक्दैन । त्यसैले पनि जनताले चाहेको व्यवस्थापनसहितको विकास निर्माणको खाँचो देखिन्छ ।

kathmandu 2

प्रतिनिधि सभाका उम्मेदवार चुनिएको करिब १ महिना पुग्नै लागेको छ । तर काठमाडौं उपत्यकामा अहिले पनि अस्तव्यस्त ठाउँ धेरै भेटिन्छन् । मर्मतसम्भारका लागि सुरु गरिएका ठाउँमा पनि त्यत्तिकै अस्तव्यस्त छ भने काम गर्नुपर्ने ठाउँमा समेत जनप्रतिनिधिहरूको खासै चासो देखिँदैन । न राम्रोसँग फोहोर व्यवस्थापन भएका छ, न त सडकका खाल्डाखुल्डी नै पुरिन थालेका छन् ।

kathmandu 3
गोगबु विष्णुमती किनारमा बनाइएको टहरा ।

न पार्किङको बन्दोबस्त छ, न त उपत्यका सरसफाइको भएको छ । एक महिनाको बीचमा काठमाडौंवासीले निर्वाचनताका जनताले राखेका माग र अपेक्षालाई जनप्रतिनिधिहरूले खासै चासो दिएको देखिँदैन । आगामी दिनमा विकास निर्माणले गति लिन्छ वा यत्तिकैमा ५ वर्ष कट्छ त्यो भने हेर्न बाँकी नै छ ।

kathmandu 4
मानभवन सडकमा फ्याकिएको ट्राफिक बोर्ड ।

तर अब जनता सचेत भइसकेका छन्, अब पनि नेताहरूले जनतालाई झुटो आश्वासन दिइरहने हो भने आगामी दिनमा ठूला राजनीतिक दलहरूको भविष्य धरापमा पर्ने निश्चित छ ।
स्रोत : न्युज एजेन्सी नेपाल

kathmandu 5
लुभुको बीच सडकमा टेलिफोन र इन्टरनेट तारको पोल ।
kathmandu 6
मंगलबजार सडकमा ढल राखिदै गरेको ढल र कष्टकर यात्रा गर्दै यात्रु ।
kathmandu 7
नयाँ सडकमा मोटर साइकल पार्क गरिदै ।
kathmandu 8
पाटन दरवारमा माटो उठाउदै मजदुर ।
kathmandu 9
सातदोवाटो लगनखेल सडकमा फ्किएको माटो ।
kathmandu 10
सिहदरवारको पश्चिम ढोका अगाडिको झुपडी ।
tinkune onKAXaAiB3
तीनकुने पार्कमा फ्याकिएको फोहोर ।
tinkune bagmati jENnG8ZHJc
तीनकुनेस्थित ढल मिसिएको वागमती नदि ।
tinkune divider W9Q5o3WcDS
वालकुमारी सडकमा दुर्घटनापछि बाँचिएको डिभाइडरको डण्डी ।
tudikhel 1 CSBQdx4LNw
टुडिखेलमा राखिएको निर्माण सामाग्री ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७