जंगली हात्तीको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु


३ पुष २०७९, आईतवार
elephant 1
सांकेतिक तस्वीर

चितवन । चितवनको भरतपुर महानगरपालिका–२८ मा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
गए राति आँगनमा आगो तापिरहेकी ७० वर्षीया भागीरथी सुवेदीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी सुवेदीको भरतपुर अस्पतालमा उपचारको क्रममा गए राति साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए । उनको शव भरतपुर अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७