कहाँ गए वीर अस्पतालका १२ स्वास्थ्यकर्मी ? बर्खास्त गर्ने तयारी


३ पुष २०७९, आईतवार
bir hospital new

काठमाडौं । काठमाडौंको वीर अस्पतालका १२ स्वास्थ्यकर्मी सम्पर्कविहीन भएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल अन्तर्गतका डाक्टर, नर्स र अनमी लामो समयदेखि बिदा स्वीकृत नगराई सम्पर्कविहीन भएका हुन् । उनीहरुलाई एक महिनाभित्र हाजिर हुन आउन अस्पतालले सूचना जारी गरेको छ ।

तोकिएको अवधिमा उपस्थित नभए प्रतिष्ठानको (कर्मचारी सेवाका सर्त तथा सुविधा सम्बन्धी) नियमावली, २०६५ को नियम १३३ को उपनियम (घ) बमोजिम कारवाही गर्ने चेतावनी अस्पतालले दिएको छ । न्याम्सले सूचना जारी गरेका स्टाफहरुमा रजिष्ट्रार डा. सृष्टि शाह र स्टाफ नर्सहरु (पाँचौँ तहका) जमुना सिटौला, ओमदेवी पुन, शान्ति लम्साल, सम्झना श्रेष्ठ र सुशीला ढकाल रहेका छन् ।

यस्तै, युनिफाइड केन्द्रीय अस्पताल अन्तर्गतका स्वास्थ्यकर्मीमा अनमीद्वय छैटौं तहका साहिदा सुब्बा र अनिता बसेल छन् । यस्तै पाँचौं तहका स्टाफ नर्सहरु सकिला चौलागाईं, अञ्जुकला राई, सरस्वती अर्याल र रेणुका अधिकारी रहेका छन् ।

haraye nurse 21671346108

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७