फेरि १५ दिनमै बढ्यो पेट्रोल र डिजेलको मूल्य


४ बैशाख २०७५, मंगलवार
petrol

 

काठमाडौं,बैशाख ४ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । निगमको सञ्चालक समितिको बैठकले मूल्य बढाउने निर्णय गरेको हो ।petrol

समितिको हिजो बसेको बैठकले प्रतिलिटर पेट्रोलमा एक रुपैयाँ र डिजेल र मट्टितेलमा २-२ रुपैयाँ मूल्य बढाएको हो । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटरमा एक सय ६ र डिजेल र मट्टीतेल ८७र८७ रुपैयाँ पुगेको छ । स्वचालित प्रणाली अनुरुप मूल्य बढाइएको निगमले जानकारी दिएको छ । गए राति १२ बजेबाट नयाँ मूल्य लागु भएको छ ।

निगम अत्यधिक घाटामा गएपछि सरकारले २०७१ असोजमा स्वचालित मुल्य लागु गरेको थियो । स्वचालित मुल्य अनुसार आईओसीले १ र १५ तारिखमा नयाँ मूल्य पठाउँछ । निगमले सोहीअनुसार मुल्य समायोजन गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७