सरकार अहिलेकै गठबन्धनबाट बन्छ, प्रधानमन्त्रीबारे निर्णय लिइसकेका छैनौं : प्रचण्ड


७ पुष २०७९, बिहीबार
prachanda 9
फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेकै गठबन्धनको नेतृत्वमा सरकार बन्ने दावी गरेका छन् । प्रतिनिधि सभामा शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले गठबन्धनले निरन्तरता पाउने बताएका हुन् ।

अध्यक्ष प्रचण्डले भने, ‘सबै प्रक्रिया सहज ढंगले अघि बढ्छ । सरकार सहज ढंगले यही गठबन्धनको सरकार बन्छ ।’ प्रचण्डले प्रधानमन्त्री को बन्छ ? भन्नेबारे बोल्न भने चाहेनन् । उनले भने,’ प्रधानमन्त्रीबारे सल्लाह गर्दैछौं । अझै निर्णय लिइसकेका छैनौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७