१९ वर्षपछि कारागारबाट छुटे चार्ल्स शोभराज, ‘डिपोर्ट’ का लागि लगियो अध्यागमन

‘पत्रकारलाई मेरो फोटो खिच्न नदिनू’


८ पुष २०७९, शुक्रबार
sovaraj

काठमाडौँ । ‘सिरियल किलर’ प्राफन्सेली नागरिक चार्ल्स शोभराज केन्द्रीय कारागार सुनधाराबाट आज (शुक्रबार) मुक्त भएका छन । विशेष सुरक्षाका साथ उनलाई आज जेलमुक्त गरिएको छ । उनलाई त्यहाँबाट सिधै अध्यागमन कार्यालय लगिएको छ ।

दुई जनाको हत्या र एकको हत्या प्रयास मुद्दामा अदालतबाट दोषी ठहर भई उनी १९ वर्षदेखि केन्द्रीय कारागार सुन्धारामा थिए ।
शोभराजलाई सर्वोच्चले ज्येष्ठ नागरिकले पाउने कैद छुट दिएपछि ९ महिना कैद मिनाहा दिएको हो । उनले आफूलाई मिडियाबाट टाढै राखिदिन केन्द्रीय कारागार प्रशासनलाई आग्रह गरेका थिए । त्यही आग्रह अनुसार फोटो पनि खिच्न नदिई र मिडियासँग पनि कुराकानी नगरी उनी जेलबाट बाहिरिएका छन ।

नेपालमा १९ वर्षदेखि जेल सजाय भोगिरहेका शोभराजलाई गत बुधवार सर्वोच्चले रिहा गर्न आदेश दिएको थियो । साथै १५ दिनभित्र स्वदेश फर्काउन आदेश दिएको थियो तर शोभराजले फ्रान्सबाट आएका आफन्तहरू हायत होटेलमा रहेकाले आफूलाई केही दिन त्यहीं बस्ने व्यवस्था मिलाई दिन आग्रह गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७