सरकार गठनका विषयमा एमालेसँग पनि छलफल भइरहेको छ : प्रवक्ता महरा


९ पुष २०७९, शनिबार
krishna bhadur mahara
फाइल फोटो

बाँके । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले सरकार गठनका लागि माओवादी केन्द्र र नेकपा एमालेबीच पनि छलफल भइरहेको बताएका छन् । एमालेसँग सरकार गठनका लागि छलफल भए पनि नयाँ सरकार भने गठबन्धनकै बन्ने उनले बताएका छन् ।

प्रेस सेन्टर बाँकेले आज (शनिबार) नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उपाध्यक्ष महराले राष्ट्रपतिले दिएको समयसीमा आइतवारसम्म सरकार गठनका लागि गठबन्धनभित्रै सहमति जुट्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्रीका लागि कांग्रेस र माओवादी केन्द्रको दाबीमा अहिलेसम्म सहमति नजुटेको उनको भनाइ छ ।

उपाध्यक्ष महराले समाजवादी विचारधारा राख्ने बाम र गैरबाम पार्टीको संयुक्त मोर्चा बनाउन ५÷६ वटा राजनीतिक पार्टीसँग सकारात्मक छलफल अघि बढेको जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७