भारतीय टिभी अभिनेत्री तुनिषाले गरिन् ‘सुसाइड’


१० पुष २०७९, आईतवार
tunisha

मुम्बइ । भारतीय टिभी अभिनेत्री तुनिषा शर्माले शनिबार आत्महत्या (सुसाइड’ गरेकी छन् । आत्महत्या प्रकरणमा प्रहरीले तुनिषाका सहकलाकार शिजन खानलाई पक्राउ गरेको छ । तुनिषालाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा शिजनविरुद्ध मुद्दा दायर गरिएको छ ।

तुनिषाको परिवारको उजुरीको आधारमा पुलिसले आईपीसीको धारा ३०६ अन्तर्गत मुद्दा दर्ता गरेको छ । शिजनलाई सोमबार अदालतमा पेश गरिने छ । अभिनेत्रीले शनिबार सुटिङ सेटमा झुण्डिएर आत्महत्या गरेपछि उनकी आमाले अभिनेता शिजनमाथि गम्भीर आरोप लगाएकी छन् । शिजनसँग रिसाएर तुनिषाले आत्महत्या गरेको उनले बताएकी छन् । प्रहरीले सेटमा उपस्थित सबैसँग सोधपुछ पनि गरेको थियो ।

घटनास्थलबाट कुनै सुसाइड नोट बरामद भएको छैन । हत्या र आत्महत्या दुवै कोणबाट घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । २० वर्षीया तुनिषा म्युजिक भिडियो छायांकनको क्रममा आत्महत्या गरेकी थिइन् । मानिसहरूले उनलाई झुण्डिएको देखेर अस्पताल लगे तर बाटोमै उनको मृत्यु भयो ।

आत्महत्याको कारण भने अझै खुल्न सकेको छैन । आत्महत्या गर्नुअघि तुनिषा पूर्णतया सामान्य थिइन् र ५ घण्टाअघि उनले इन्स्टाग्राममा आफ्नो फोटो र केही नोट सेयर गरेकी थिइन् ।

तुनिषाले टिभी शो भारत का ‘वीर पुत्र महाराणा प्रताप ’बाट आफ्नो करियर सुरु गरेकी थिइन् । उनी ‘चक्रवर्तिन अशोक सम्राट’, ‘गब्बर पुन्चवाला’, ‘शेर ए पंजाब महाराणा रंजित सिंह’, ‘इन्टरनेट वाला लभ’ र ‘इश्क शुभान अल्लाह’ जस्ता सिरियलहरूमा पनि देखिएकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७