बझाङको साईपालमा तीन दिने स्वास्थ्य शिविर


११ पुष २०७९, सोमबार
sibir

बझाङ । बझाङको साईपाल गाउँपालिकामा गुराँसे कल्याणकारी विकास प्रतिष्ठानको संयोजनमा हालै बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

सदरमुकाम चैनपुरबाट पैदलयात्रामार्फत् तीन दिनमा पुगिने विकट उक्त स्थानमा तीन दिने स्वास्थ्य शिविर आयोजना गरिएको हो । शिविरमा स्त्रीरोग सेवा, प्रयोगशाला सेवा, दन्तसेवा, नाक, कान, घाँटी, हाडजोर्नी, भिडियो एक्सरे, परिवार नियोजन, जनरल ओपिडी र ईसिजी सेवा प्रदान गरिएको थियो । यो सेवाबाट ३८ जना भएका थिए ।

शिविरमा हाडजोर्नी, पाठेघर खसेको, नाक, कान, घाँटी र पित्तथैलीको समस्या देखिएका बिरामीलाई विभिन्न अस्पतालमा थप उपचारका लागि सिफारिस (रिफर) गरिएको राष्ट्रपतिका संस्कृति सल्लाहकार माधव शर्माले जानकारी दिए ।

शिविरमा भैरहवा, पोखरा र नेपालगञ्ज मेडिकल कलेका १३ विशेषज्ञ चिकित्सक र प्राविधिकले सेवा पु¥याएका थिए । शिविरमा स्वास्थ्य सञ्चालनबाट स्थानीय बासिन्दा लाभान्वित भएको र आगामी दिनमा पनि निरन्तरको अपेक्षा गरेको गाउँपालिकाका अध्यक्ष मानवीर बोहोरा र उपाध्यक्ष डोल्मा तामाङले बताइन् ।

रोटरी क्लब अफ नक्साल, नेपालगञ्ज मेडिकल कजेल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र साईपाल गाउँपालिकाको सहकार्य तथा गण्डकी मेडिकल कलेज पोखरा र युनिभर्सल मेडिकल कलेज भैरहवाको सहयोगमा उक्त शिविर आयोजना गरिएको थियो । शिविरमा राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराई, रोटरी क्लब अफ नक्सालका लुना शर्मा अर्याल लगायतका व्यक्ति पनि सहभागी भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७