एकीकृत समाजवादीका प्रवक्ता खतिवडा भन्छन्, ‘एमालेसँग एकीकरण बजार हल्ला मात्रै’

‘पार्टी एकीकरण होइन सुदृढीकरणमा लागि परेका छौं’


१४ पुष २०७९, बिहीबार
jagannath khatiwada
फाइल फोटो

काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टी एकीकरण बजार हल्ला मात्र भएको बताएका छन् । उनले पार्टी एकीकरण नभएर पार्टी सुदृढीकरण गर्नतर्फ लागि परेको बताएका हुन् ।

‘हामी पार्टी सुदृढीकरण को योजना बनाउदै छौं । पार्टी बिस्तारका अभियानहरु कसरी अगाडि बढाउने भनेर विचार विमर्शमा छौं’ उनले भने । दाहाल नेतृत्वको सरकारमा जाने कि नजाने भन्ने विषयमा छलफल गरिरहेको उनको भनाइ छ । त्यसैले कुनै प्रकारका प्रायोजित प्रचारको भ्रममा नपर्न पनि उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७