भारतबाट फर्किएका एक नेपालीमा कोरोना पुष्टि, नयाँ ‘भेरियन्ट’ को आशंका


१४ पुष २०७९, बिहीबार
korona

काठमाडौं । भारतबाट फर्किने एक नेपालीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीन महिनापछि भारतबाट फर्किदै गरेका एक नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो, तर तिहारदेखि जमुनाह नाकास्थित हेल्थ डेस्कमा कोरोना जाँच बन्द गरिएको थियो ।

नेपाल–भारत सीमा नाका जमुनाहस्थित हेल्थ डेस्कमा जाँच गर्दा भारतबाट फर्किदै गरेकी जाजरकोटकी एक ३० वर्षीया महिलामा कोरोना पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् ।
यसअघि १ असोजमा भारतबाट आउँदै गरेका एक व्यक्तिमा कोरोना पुष्टि भएको थियो ।

बिहीबार कोरोना पुष्टि भएका महिलालाई होम आइसोलेनसमा राखिने भएको छ । उक्त महिलामा पुष्टि भएको कोरोना कोभिडको नयाँ भेरियन्ट विएफ डट ७ संक्रमण भएको आशंका गरिएको छ । ‘जिन सिक्वेन्सिङ नगर्दै यहि भेरियन्ट हो भन्न मिल्दैन, तर भारत, चीनलगायत विश्वका अन्य देसमा विएफ डट ७ फैलिएकाले त्यहि हुन सक्ने हाम्रो अनुमान छ,’ उनले भने ।

यसैबीच जिल्ला कोभिड व्यवस्थापन केन्द्र (डिसिएमसी) को बैठकले कोरोनासम्बन्धी सचेतना फैलाउने, जमुनाह नाकामा फेला परेका संक्रमितलाई होम आइसोलेसनमा राख्ने ब्यवस्था मिलाउने, स्वास्थ्य मापदण्ड अपनाउने व्यवस्था मिलाउन र अति आवश्यक काम बाहेक किनमेलका लागि भारतका कुनै सहरमा नजान आग्रह गर्ने निर्णय गरेको फोकल पर्सन ओलीले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७