माओवादी बागमती संसदीय दलको नेतामा चार जनाको दावी, सहमतिको प्रयास जारी


१५ पुष २०७९, शुक्रबार
Bagmati pradesh sava 2 XQGc1bguIc

मकवानपुर । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठक अहिले जारी छ । काठमाडौंको एक पार्टी प्यालेसमा जारी बैठकबाट दलको नेता चयन गर्ने तयारी भइरहेको छ ।

संसदीय दलको नेतामा माओवादी प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल, प्रदेशका बहालवाला आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेल र प्रदेशका पूर्व सामाजिक विकासमन्त्री युवराज दुलाल, प्रदेशसभाको पूर्व उपसभामुख राधिका तामाङ, रामेछापबाट निर्वाचित सदस्य युवराज चौलागाईं लगायतले संसदीय दलको नेतामा दाबी गर्दै आइरहेका छन् । यद्यपी मुख्य दावेदारको रुपमा पौडेल र जम्मकट्टेललाई लिइएको छ ।

जम्मकट्टेल अघिल्लो कार्यकालमा पनि प्रदेश संसदीय दलको नेता थिए । अघिल्लो कार्यकालमा मुख्यमन्त्रीको सपना देखेका उनलाई यो सपना दोस्रो कार्यकालमा पूरा गर्न तीव्रता दिन चाहान्छन् भने पौडेल सधैं एकै व्यक्तिले पद पाइरहन नहुने भन्दै आफू नै संसदीय दलको नेता हुन पर्ने दाबी गर्दै आइरहेका छन् । उनले भने, ‘सकेसम्म दलको नेता सर्वसम्मत गर्ने तयारी छ यदि सहमति नभएमा चुनाव गर्ने तयारी छ ।’ माओवादी केन्द्र बागमती प्रदेशमा कुल २१ सांसद रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७