एमालेले माधव नेपाललाई राष्ट्रपति बनाउँछ भन्ने लाग्दैन : गंगा तुलाधर

‘एमालेसँगको एकता एमालेकै नेताले चलाएको हल्ला मात्रै’


१७ पुष २०७९, आईतवार
Gangalal tuladhar
फाइल फोटो

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेकपा एमालेसँग एकता गर्ने विषयमा उठेको सवाल एमालेकै केही नेताले चलाएको हल्ला मात्र रहेको बताएको छ ।

पार्टीको जारी स्थायी कमिटी बैठकमा अहिले पार्टीलाई मजबुद बनाउने विषयमा छलफल भइरहे पनि एमालेसँग पार्टी एकताको कुनै प्रक्रिया अघि नबढेको पार्टीका उपमहासचिव गंगालाल तुलाधरले बताएका छन् ।

बैठकबारे सञ्चारकर्मीलाई जानकारी दिँदै तुलाधरले भने, ‘हामीले पार्टीलाई मजबुद बनाउने विषयमा छलफल गरेका छौं । एकता केन्द्र बनाउने विषयमा पनि छलफल भएको छ । तर नेकपा एमालेसँगको पार्टी एकताका सवालमा जुन चर्चा चलेको छ, त्यो एमालेका केही नेताले चलाएको भ्रमपूर्ण हल्ला मात्रै हो । एमालेसँग पार्टी एकताको कुनै प्रक्रिया अघि बढेको छैन ।’

उपमहासचिव तुलाधरले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको प्रस्ताव आएको विषयमा सत्यता नभएको स्पष्ट पारेका छन् । उनले नेकपा एमालेबाट यति ठूलो प्रस्ताव आउने विषय पत्याउन नसकिने बताएका छन् ।

‘यो कुराले अहिलेसम्म हाम्रो बैठकमा प्रवेश पाएको छैन । कहाँबाट, कसरी आयो हावामा आयो, हावामा नै गयो जस्तो लाग्छ’ उनले भने, ‘नेकपा एमालेका तर्फबाट फेरि माधवकुमार नेपाल, एकीकृत समाजवादीको अध्यक्षलाई यस्तो ठूलो प्रस्ताव यति छिटै, सजिलोसँग राख्लान् भन्ने मलाई लाग्दैन र गरेको हो भन्ने पनि मलाइ लाग्दैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७