प्रधानमन्त्रीले बोलाए सचिवहरूको बैठक


१८ पुष २०७९, सोमबार
prachanda 2

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न मन्त्रालयका सचिवहरुको बैठकको आह्वान गरेका छन् ।
उनले आज (सोमबार) बिहान ११ बजे सिंहदरबारमा मन्त्रालयका सचिवहरुको बैठक बोलाएका हुन् । बैठकमा मन्त्रालयहरुको अवस्था बारेमा जानकारी लिने र प्रभावकारी ढंगले काम गर्न निर्देशन दिने गरी छलफल गर्न लागिएको उनको सचिवालयले जनाएको छ ।

यहि पुस ११ गते प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका दाहालले सचिवहरुसँग छलफल गर्न लागेको यो पहिलो पटक हो । शपथ ग्रहण लगत्तै उनले आफ्नो कार्यकाल देश निर्माणमा खर्चिने बताएका थिए । उनले बधाई तथा शुभकामनाका लागि समय माग नगर्न बरू सरकारको कामलाई प्रभावकारी कसरी बनाउने भनेर सचिवालयमार्फत सुझाव दिन आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७