एमाले अध्यक्ष ओली र नेसपा अध्यक्ष भट्टराईबीच बालकोटमा भेटवार्ता


१८ पुष २०७९, सोमबार
kp oli baburam

काठमाडौं । दुई पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र डा. बाबुराम भट्टराईबीच आज (सोमबार) भेटवार्ता भएको छ । नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीलाई भेट्न नेपाल समाजवादी पार्टीका अध्यक्ष बालकोट पुगेका हुन् ।

भेटमा समसामयिक राजनीति, नयाँ सत्ता गठबन्धन र सरकारको प्रभावकारितालगायतका विषयमा छलफल भएको भट्टराईको सचिवालयले जनाएको छ । भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी गत प्रदेश तथा प्रतिनिधिसभा चुनावमा माओवादीको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेको थियो ।

उक्त पार्टीबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ महिन्द्र राय यादव, वाग्मती र गण्डकीमा क्रमशः गंगानारायण श्रेष्ठ, फणीन्द्र देवकोटा निर्वाचित भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७