पूर्वराजा ज्ञानेन्द्रलाई भेटेपछि रवीन्द्र मिश्रले भने, ‘राजसंस्था अपरिहार्य’


२१ पुष २०७९, बिहीबार
rabindra mishra gyanendra shaha

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेका छन् । उनले आज (बिहीबार) ज्ञानेन्द्रसँग झण्डै डेढ घण्टा संवाद गरेको जनाएका छन् । यसलाई मिश्रले १५ वर्षपछिको प्रेमपूर्ण भेट भनेका छन् ।

कुनै समय मिश्र विवेकशील साझा पार्टीको नेतृत्वमा थिए । तर मंसिर ४ को निर्वाचनअघि राप्रपामा प्रवेश गरेका हुन् । मिश्रले ज्ञानेन्द्रसँग भेटपछि देशमा राजसंस्था अपरिहार्य भएको बताएका छन् । उनले चुनावअघि पनि राजतन्त्र र हिन्दु राज्यको खुलेर वकालत गर्दै आएका थिए ।

‘१५ वर्षपछिको प्रेमपूर्ण भेट, असोचनीयस्तरको प्रतिकूलता व्योहोरेका राजा ज्ञानेन्द्रसँगको डेढ घण्टा लामो भेटमा उनको सदाझैंको शालीनता-सौम्यता-समझदारी-देशप्रतिको गहिरो चिन्ताबाट प्रभावित भएको अवस्था’, उनले भनेका छन्, ’बढ्दो भूराजनीतिक-आन्तरिक संवेदनशीलताबीच नेपालमा राजसंस्था अपरिहार्य भएको निष्कर्ष !’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७