बाबुरामको चेतावनी : कांग्रेस र कम्युनिस्टले राप्रपा बोक्दाको दुष्परिणाम नबिर्सौ


२२ पुष २०७९, शुक्रबार
baburam bhattarai
फाइल फोटो

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईल गठबन्धन गर्दाको लक्ष्मणरेखा पालना हुन नसक्दा ठूलो दीर्घकालीन क्षति हुनसक्ने भन्दै सचेत गराएका छन् ।

सामाजिक सञ्जालमार्फत पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले लोकतान्त्रिक गणतन्त्रविरोधी शक्तिसँग घाँटी जोडदा संविधान र व्यवस्था नै धरापमा पर्नसक्ने उनले उल्लेख गरेका छन् ।

‘गठबन्धन गर्दा एउटा लक्ष्मणरेखा पालना गरिएन भने ठूलो दीर्घकालीन क्षति हुनसक्छ ! सरकारको अंक गणितका निम्ति संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी शक्तिसँग घाँटी जोड्दा संविधान र व्यवस्था नै धरापमा पर्न सक्छ,’ डा.भट्टराईले भनेका छन्, ‘२०५१ सालपछि कांग्रेस र कम्युनिष्टले पालैपालो राप्रपा बोक्दाको दुष्परिणाम नबिर्सौ !’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७