प्रचण्ड नेतृत्वको सरकारबारे धारणा बनाउँदै लोसपा


२४ पुष २०७९, आईतवार
losapa meetin
फाइल फोटो

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक आज (आइतबार) बस्दै छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा दिउँसो १ बजे बैठक बस्ने जनाइएको छ ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारलाई विश्वासको मत दिने/नदिनेबारे छलफल गरिने जनाइएको छ । यस्तै वैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल गरिने बताइएको छ ।

पुरानो गठबन्धन भत्किएर नयाँ सत्ता समीकरण बनेपछि लोसपाले सरकारलाई समर्थन गरेको छैन । लोसपा यसअघिको पाँच दलीय गठबन्धनमा आबद्ध थियो । प्रतिनिधिसभामा लोसपाबाट चार सांसद छन् । संसद्को नयाँ कार्यकालको बैठक यही पुस २५ गतेदेखि शुरु हुँदैछ । प्रधानमन्त्री ‘प्रचण्ड’ ले पुस २६ गते विश्वासको मत लिने तयारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७