प्रधानमन्त्रीलाई विश्वासको मतबारे लोसपामा अध्यक्षले निर्णय गर्ने


२४ पुष २०७९, आईतवार
losapa meeting 2 001 CNW36EeJ2v
फाइल फोटो

काठमाडौं । लोकतान्त्रिका समाजवादी पार्टी लोसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने÷नदिने निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ ।

आज (आइतबार) बसेको सो पार्टीको कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री दाहालले पुस २६ गते मंगलबार प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव पेस गर्ने तय भएको छ ।

बैठकले मधेश प्रदेशको संसदीय दलको संशोधित विधान अनुमोदन गरेको छ । सोही बैठकले संगठन विस्तारको कामलाई यथाशीघ्र अगाडि बढाउने निर्णय गरेको एक नेताले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७