बालुवाटारमा सत्ता साझेदार दलको बैठक, प्रदेश प्रमुख र मुख्यमन्त्रीको टुङ्गो लगाउने


२४ पुष २०७९, आईतवार
gathbandhan O4b2b4gNX3

काठमाडौँ । सत्ता साझेदार दलहरुका शीर्ष नेताको वैठक शुरु भएको छ । सात प्रदेशका मुख्यमन्त्रीको भागबण्डा टुंग्याउन सत्ता साझेदार दलको बैठक बसेको हो ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा अध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत सहभागी छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि शुरु भएको बैठकमा खासगरी प्रदेशका मुख्यमन्त्रीको भागबण्डाबारे टुंगोमा पुग्ने नेताहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७