रुसले युक्रेनको ‘नुन खानी’ को अधिकांश भाग कब्जा गर्दै


२७ पुष २०७९, बुधबार
ukrane war

मस्को । युक्रेनी फौजसँगको एक महिना लामो भिडन्तपछि रुसले पूर्वी युक्रेनको ‘नुन खानी’ का लागि प्रख्यात सोलेदार शहरको अधिकांश भाग कब्जा गर्ने देखिएको मंगलबार बेलायतको रक्षा मन्त्रालयले जनाएको छ । रुसी फौज र मर्सिनरी वाग्नर ग्रुप विगत चार दिनदेखि त्यसतर्फ अघि बढिरहेका थिए ।

सोलेदार युक्रेन भीषण भिडन्तमा संलग्न रहेको बाखमुट नजिक रहेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भनेका छन्, ‘सोलेदारमा झण्डै सम्पूर्ण जीवन समाप्त भएको छ । कुनै पनि घरका भित्ता सद्दे छैनन् । सोलेदार नजिकका भूमिमा अधिनस्थकर्ताहरूका शव थुप्रिएका छन् ।’

युद्धअघि सोलेदारको जनसंख्या करिब १० हजार रहेको थियो । यस नजिकको बखमुटको रणनीतिक अवस्था पनि अब शंकास्पद देखिएको छ ।

गत साता मात्रै एक जना अमेरिकी अधिकारीले वाग्नर ग्रुपका संस्थापक यभगेनी प्रिगोझिनले सो क्षेत्रको विशाल नुन तथा जिप्सम खानी माथि नियन्त्रण लिन खोजेको बताएका थिए । बेलायतका अनुसार यहाँको युद्ध प्रयोगमा नरहेको दुई सय किलोमिटर लामो सुरुङको प्रवेशद्वारमा केन्द्रित रहेको छ भने रुस र युक्रेन दुवै या नियन्त्रण रेखा नाघेर अवैध घुसपैठ गर्न प्रयोग हुन सक्ने चिन्तामा छन् । बीबीसीबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७