पृथ्वी जयन्तीमा बिदा दिने सरकारको निर्णय राम्रो : अध्यक्ष ओली


२७ पुष २०७९, बुधबार
kp oli
फाइल फोटो

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेर रामो गरेको टिप्पणी गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार पृथ्वी जयन्तीको अवसर पारेर काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रमपछि उनले सञ्चारकर्मी माझ सो प्रतिक्रिया दिएका हुन् । अध्यक्ष ओलीले नेपालको एकीकरण गरेर पृथ्वीनारायण शाहले सिंगो नेपाललाई एकतावद्ध गरेको स्मरण समेत गराए ।

सरकारले बुधबार पृथ्वी जयन्तीको अवसर पारेर सार्वजनिक बिदा समेत दिएको छ । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई विश्वासको मत दिन पृथ्वी जयन्तीमा सरकारले सार्वजनिक विदा दिनुपर्ने शर्त समेत राखेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७