कैलालीमा पेस्तोलसहित दुई युवक पक्राउ


२८ पुष २०७९, बिहीबार
arrested pestol

कैलाली । कैलालीमा पेस्तोलसहित दुई युवक पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका–९ भगवानपुर बस्ने ३६ वर्षीय महेन्द्र देउवाको घरबाट पेस्तोलसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले देउवा र गौरीगंगा नगरपालिका–४ राजीपुरका ३५ वर्षीय नरेन्द्र खडायतलाई पक्राउ गरिएको जानकारी दिए ।

उनकाअनुसार विशेष सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पेस्तोलसहित उनीहरूलाई पक्राउ गरेको हो । दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७